विराटनगर महानगरमा बन्न सकेनन् आकाशे पुल

विराटनगर । ट्राफिक चाप वृद्धि हुनु र मुख्य राजमार्ग दुई लेनबाट ६ लेनको विस्तार हुँदा विराटनगरका विभिन्न चोकहरूमा दुर्घटना बढेपछि विराटनगर महानगरपालिकाले आकाशे पुल बनाउने निधो गर्‍यो । डीपीआर तयार भएर ठेक्का पनि लाग्यो । तर पहिले आकाशे पुल चाहिन्छ भनेर महानगरलाई दबाब दिनेहरू नै अहिले पुल बन्न नदिने प्रयासमा लागेका छन् । ‘पहिले आकाशे पुल बनाइदेऊ भन्दै डेलिगेसन आउँथे, अहिले मेरो घर अगाडि बनाउन पाइँदैन भन्दै अवरोध गरिरहेका छन्,’ महानगर प्रमुख भीम पराजुलीले भने । महानगरवासीको चौतर्फी दबाब बढेपछि महानगरले आकाशे पुलको आवश्यकता अध्ययन ग¥यो । अध्ययनले कम्तीमा चार ठाउँमा आकाशे पुल जरुरी रहेको निष्कर्ष निकाल्यो । त्यसैका आधारमा महानगरपालिकाले आवश्यक स्रोतको व्यवस्थापन गरेर आकाशे पुल बनाउने योजना अगाडि बढायो । अहिले कञ्चनबारी, बरगाछी, घाँसचोक र बसपार्क क्षेत्रमा आकाशे पुल बनाउने अन्तिम तयारी गरिरहेको बेला स्थानीयले अवरोध गर्न थालेका छन् । आकाशे पुल बनाउन ठेकेदार कम्पनीले बसपार्क दक्षिण पाञ्चाली मोड नजिकै काम शुरू गर्‍यो । तर, जग्गाधनी नागेश कोइरालाले काममा अवरोध गरे । उनले आवश्यकता नै नभएको ठाउँमा आकाशे पुल बनाउन जरुरी छैन भन्दै काम अगाडि बढाउन दिएका छैनन् । विकल्पमा उनले बसपार्क क्षेत्रमै आकाशे पुल बने उपयोगी हुने सुझाव दिएका छन् । आकाशे पुल चाहियो भनेर सबैभन्दा धेरै माग भएमध्येको कञ्चनबारी चोकमा पनि महानगरले काम अगाडि बढाउन सकेन । आकाशे पुलको ‘ड्रइङ डिजाइन’ चोकको दक्षिणमा बनाउने गरी तयार भएको थियो । राजमार्ग पूर्व र पश्चिम दुवैतर्फका घरधनीहरूले पुल निर्माण गर्न नदिने भएपछि चोकबाट उत्तरतर्फ सारियो । तर, त्यहाँ पनि आकाशे पुल बन्ने छाँट छैन । प्रदेशसभा सदस्य चुमनारायण तवदारले महानगरमा लिखितै उजुरी दिएर आकाशे पुलको विकल्प खोज्न वा त्यहाँबाट अन्यत्र सार्न माग गरेका छन् । दक्षिणतर्फ बनाउँदा महानगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलको घर छेकिने भएकोले पहिल्यै सारिएको थियो । उत्तरमा सांसद चुमनारायण तबदारको घर परेपछि कञ्चनबारी चोकमा बन्ने भनिएको आकाशे पुलको योजना अघि नबढ्ने आशंका गर्न थालिएको छ । बरगाछीमा पनि स्थानीय गणेश थापाले आफ्नो घर अगाडि आकाशे पुल नबनाउन दबाब दिँदै आएका छन् । उनले पनि दायाँबायाँ सारेर पुल बनाउन आग्रह गर्दै आफ्नो घर अगाडि भने बनाउन नमिल्ने भन्दै काम गर्न नदिने चेतावनी दिइरहेका छन् । सबैतिरबाट अवरोध भएपछि महानगर योजना कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुगेको छ । विराटनगर महानगरपालिकाले बनाउन खोजेकामध्ये घाँसचोकमा आकाशे पुलको सबैभन्दा धेरै आवश्यकता देखिएको छ । बजार क्षेत्र भएको र पूर्व हाटखोलादेखि पश्चिम सरोचिया, जनपथ, ब्रह्मपुरादेखि सुनसरीसम्मबाट ठूलो संख्यामा मानिस आवतजावत गर्ने केन्द्र भएकाले त्यस ठाउँमा बन्ने आकाशे पुल उपयोगी हुने सरोकारवालाहरूले बताएका छन् । त्यस्तै कञ्चनबारी र बरगाछीमा पनि आकाशे पुल जरुरी छ । ती दुवै ठाउँमा स्थानीयले अवरोध गरेको भन्दै महानगरपालिकाले गत बिहीवारदेखि सरोकारवालाहरूसँग छलफल आरम्भ गरेको छ । बिहीवार विराटनगरबाट प्रकाशित पत्रिकाका सम्पादक र नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग महानगरले छलफल गरी आकाशे पुल निर्माणमा देखिएको समस्याबारे जानकारी गराउँदै सहजीकरणको अपेक्षा पनि गर्‍यो । प्रदेशसभा सांसद तवदारले आफू विकासको विरोधी नभएको बताए । ‘जुन ठाउँमा बन्नुपर्ने हो, त्यो ठाउँमा नबनेर अन्तै बनाउन लागिएकाले त्यसो नगर्न भनेर मैले भनेको हुँ,’ उनले भने । अहिले आकाशे पुल बनाउने तयारी गरेको ठाउँबाट पूर्वतर्फ जाने दुईओटा साना बाटाहरूमा अवरोध हुने भएकाले सार्न आग्रह गरेको उनले बताए । चोकलाई आधार मानेर आकाशे पुल बनाउँदा सहज हुने उनको भनाइ छ । विराटनगर–४ का वडाध्यक्ष देवेन्द्रराज पोखरेलले आकाशे पुल बनाउन आफूले अवरोध नगरेको बताए । ‘मेरै अगाडिबाट बनाए पनि हुन्छ, पहिले पनि मेरो कारणले नभएर छिमेकीहरूका कारणले सरेको हो, यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने सहमति छ,’ उनले भने । उता, पाञ्चाली मोड नजिक बन्न लागेको आकाशे पुल भने कम उपयोगी हुने सरोकारवालाहरूको ठहर छ । काममा अवरोध गरेको आरोप खेपेका नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले भने, ‘आकाशे पुल कस्तो ठाउँमा बनाइन्छ ? भीडभाड हुने ठाउँमा नबनाएर नागेश कोइरालाको खाली जग्गामै लगेर बनाउनुको अर्थ के हो ? जबरजस्ती विकास विरोधी देखाउन यस्तो गरिएको अनुभूति भएको छ ।’ प्रदेश सरकारसमेतको सहयोगमा घाँसचोकमा लिफ्ट, शौचालय, सूचना केन्द्रसहितको आकाशे पुल बनाउने विराटनगर महानगरपालिकाको योजना छ । बाँकी पुलहरूमध्ये दुईओटामा दुवै तर्फबाट चढ्न मिल्ने र एउटामा भने एकातर्फबाट चढ्न मिल्नेगरी बनाउन लागिएको इन्जिनीयर डा. राजन सुवालले जानकारी दिए । चारओटा आकाशे पुल निर्माणका लागि महानगरले करीब ८ करोड रुपैयाँ खर्च गर्दै छ ।

सम्बन्धित सामग्री

भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

२३ माघ, विराटनगर। विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ । कञ्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो । ठेक्का लागेपछि कञ्चनबारीमा पुल […]

विराटनगर महानगरलाई आकाशे पुल निर्माण कार्य घाँडो

विराटनगरमा विवादका कारण आकाशे पुल निर्माण कार्य अलपत्र परेको छ। नेताहरुकै अवरोधले आकाशे पुल निर्माण सुरुवाती चरणमा नै रोकिन पुगेको हो । विराटनगर महानगरपालिकाले  कोशी राजमार्गअन्तर्गत पर्ने मुख्य सडक क्षेत्रमा आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको थियो । तर स्थानीयले अवरोध गरेपछि आकाशे पुल निर्माण गर्ने योजनाबाट महानगरसमेत पछि हटेको छ।कोशी राजमार्गको मुख्य सडक क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सडक सहजताका लागि तीन आकाशे पुलको संयुक्त रुपमा यसअघि शिलान्यास गरिएको थियो । ग

आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ । २०७७ साल चैत […]

स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।

स्थानीयको अवरोधका कारण विराटनगरमा आकाशे पुल निर्माणको काम रोकियो

१ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले शिलन्यास गरेको तीनै स्थानमा आकाशेपुल निर्माणको काम रोकिएको छ । प्रदेश सांसद र नेताहरुले आफ्नो घरजग्गा अगाडि नबनाउन दबाब दिएपछि बिराट्‍नगरको मुख्य बजार घाँस चोक, बरगाछी र कञ्चनबारीमा पुल निमार्णको काम रोकिएको महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘आकाशे पुल सबैलाई चाहिएको छ, तर आफ्नो घर अगाडि होइन्,’ उनले […]

विराटनगरमा तीनवटा आकाशे पुल बन्ने

२ चैत, काठमाडौं । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी सर्वसाधारणलाई सडक वारपार गर्न सहजताका लागि तीनवटा आकाशे पुल बन्ने भएका छन् । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुलको …

विराटनगरमा तीन आकाशे पुल बन्ने - Purbeli News

विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनीयर अर्जुन थापाले जानकारी दिए । उक्त तीन...

विराटनगरको मुख्य तीन चोकमा आकाशे पुल निर्माण गरिने

विराटनगर : विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ। कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा नम्बर २ र ५ लाई जोड्नेगरी बरगाछी चोकमा तथा महावीर चोक (घाँस चोक) र गुद्री बजारलाई जोड्ने गरी बजार क्षेत्रमा आकाशे पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको  महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए। महानगरपालिकाले आकाशे पुल निर्माणका लागि गत

विराटनगरमा चालु आर्थिक वर्षभित्रै तीनवटा आकाशे पुल बन्ने

विराटनगर महानगरपालिकाले दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीनवटा आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकाले सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमता र सर्वसाधारणलाई सहज होस भन्ने...

तीन आकाशे पुल निर्माण गरिँदै

विराटनगर महानगरपालिकाले रु दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको  कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँ...