ब्याजदर र शेयरबजारको अन्तरसम्बन्ध

बैंकले निक्षेपमा दिने ब्याज र शेयरबजारको सम्बन्धको विषयमा बारम्बार चर्चा चल्ने गर्छ । असोज महीनामा बैंकले दोहोरो अङ्कमा ब्याज दिने घोषणा गरेपछि निरन्तर बढ्दै गरेको शेयर मूल्यमा गिरावट शुरू भयो । दशैं पर्वको आगमन, पहिलो त्रैमासिकको समापन, शेयर धितो कर्जामा केन्द्रीय बैंकले अपनाएको ४ एवम् १२ करोड रुपैयाँको नीति र ब्याजदर वृद्धि सबै एकैपटक परेकाले कुन कारणले शेयर मूल्य घट्यो भेउ पाउन सकिने अवस्था थिएन । तर, बढी दोष भने ब्याजदरले पायो । दशैं र पहिलो त्रैमासिक सकिएको छ भने ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गरेपछि कात्तिक महीनामा संशोधित नयाँ ब्याजदर सार्वजनिक भएको छ । शेयर मूल्य घटाउने एउटा कारण मानिएको ४ र १२ करोड रुपैयाँको विषय यथावत हुँदा पनि फेरि शेयर मूल्य बढ्न शुरू भएको छ । ब्याजदर बढेको घोषणा हुँदा घटेको शेयर मूल्य ब्याजदर घटेको अर्को घोषणापश्चात् बढ्न थाल्नु संयोग हो वा यथार्थ यसको पनि भेउ पाउन सकिएको छैन । कारोबार नगरी लगानी गर्नेको पाटोबाट हेर्दा ब्याजदर वृद्धिले कम्पनीको लागत बढ्दा नाफाको अंकमा कमी आउँदा प्राप्त हुने लाभांशमा प्रभाव पार्छ । ब्याजको शास्त्रीय पाटो व्यक्ति आफैमा परिपूर्ण नहुने हुँदा व्यावहारिक वा व्यावसायिक गतिविधि सञ्चालन गर्न धनको कमी हुन्छ । यस्तो कमी पूरा गर्न कोही न कोहीसँग ब्याज तिर्ने वा नतिर्ने गरी ऋण लिनेदिने कार्य वैदिक कालदेखि नै चलेको देखिन्छ । त्यतिबेला अहिले जस्तो बैंक भन्ने संस्था नभए पनि कुनै न कुनै रूपमा यस्ता संस्थाको विद्यमानता थियो । व्यक्तिका रूपमा ‘कुबेर’लाई धनका देवता वा देवताका कोषाध्यक्ष मानिन्छ । यिनी आवश्यक पर्नेलाई ऋण वा सापट दिन्थे । तर, उनले ऋण दिएबापत ब्याज लिन्थे कि लिँदैनथे भन्ने बारेमा ठोस शास्त्रीय प्रमाण भेटिँदैन । देवर्षि नारदले ‘कालिका कारिता चैवं कायिका च तथा परा । चक्रवृद्धिश्च शास्त्रे अस्मिन् वृद्धिर्दृष्टा चतुर्विविधा ।।’ अर्थात् ‘शास्त्रमा मूलधनको लाभका रूपमा कालिका, कारिता, कायिका र चक्रवृद्धि ब्याज लिन पाइने उल्लेख भएको छ’ भनेर नारदस्मृतिमा उल्लेख गरेका छन् । यसको आधारमा कुबेरले ब्याज लिने वा नलिने दुवै गर्थे कि भन्ने अनुमान गर्न सकिन्छ । देवर्षि नारदले धन ‘शुक्ल (शुद्ध वा अहिलेको अर्थमा सेतो), शवल (मध्यम अर्थात् सेतो पनि होइन कालो पनि होइन) र कृष्ण (अशुद्ध वा अहिलेको अर्थमा कालो)’ गरी ३ प्रकारको हुने र ब्याज आम्दानीलाई ‘शबल’ मानेका हुँदा नलिने र मध्यम खालको हुँदा केही ब्याज लिन्थे पनि होलान् भन्ने दुवै अनुमान गरिएको हो । चाणक्यले पनि साहू महाजन नभएको ठाउँमा नबस्नु भनेबाट ऋण लिनको लागि र यस्ता साहू महाजनले निब्र्याजी ऋण दिने अनुमान गर्न सकिँदैन । वैदिक र पौराणिक कालमा सुवर्णादी, पशु र वस्त्रसमेत धितो राखेर ऋण पाइने उल्लेख देवर्षि नारदले गरेका छन् । नेपालमा पहिलोपटक ऋण दिने संस्थाका रूपमा विक्रम संवत् १९९४ सालमा नेपाल बैंक स्थापना भएको थियो । बैंक स्थापना गर्ने नेपाल बैंक कानून, १९९४ को प्रस्तावनामा ‘नेपालमा आजसम्म बैंक नभएकाले मुलुकको आर्थिक उन्नतिलाई बाधा र जनतालाई बेसुबिस्ता भइरहेको हुँदा उक्त अभाव पूर्ति हुन गई दुनियाँलाई सुबिस्ता र मुलुकको बढिया हुन जावस् भन्ने उद्देश्यले बैंक स्थापित गरी चालू गर्ना निमित्त’ भन्ने थियो । ब्याज र अर्थतन्त्र वैदिक र पौराणिक कालमा समेत अस्तित्वमा रहेको ऋण र ब्याजको प्रसंग आधुनिक कालमा अझ बढी विस्तृत र व्यवस्थित हुँदै आएको छ । व्यक्ति–व्यक्तिबाट ठूलो रकमको ऋण दिने कार्य नहुने भएपछि संस्थागतस्वरूपमा यस्ता कार्य शुरू भएको छ । ऋण दिने कार्यका लागि आधुनिक कालमा स्थापित संस्थालाई बैंक र वित्तीय संस्था भन्न थालियो । यस्ता बैंक तथा वित्तीय संस्थाले व्यक्ति र संस्थाबाट रकम (निक्षेप) प्राप्त गरी त्यसलाई एकत्रित पारी उद्यम गर्ने व्यक्ति वा संस्थालाई ऋण दिन थाले । रकम दिने र लिने दुवैलाई ब्याज दिने र लिने गर्छन् । दिने र लिने बीचको केही अन्तरले सञ्चालान खर्च गरी नाफा लिने गर्छन् । व्यक्ति र संस्थाबाट लिने निक्षेपको विषयमा पनि देवर्षि नारदले चर्चा गरेका छन् । औद्योगिक तथा वाणिज्यिक गतिविधि स्वपूँजीबाट मात्र सम्भव नहुने हुँदा ऋणदाता (बैंक वा वित्तीय संस्था) बाट ऋण लिनुपर्ने हुन्छ । ऋणको ब्याज जति सस्तो हुन्छ, उत्पादन लागत त्यति सस्तो हुन्छ । निक्षेपकर्तालाई दिने ब्याजको दर बढी भएमा ऋणी (अप्रत्यक्षरूपमा उपभोक्ता) ले त्यसको भार वहन गर्नुपर्छ । निक्षेपको ब्याज बढ्नु अर्थतन्त्रका लागि राम्रो पक्ष हुन्न । ब्याजदर (निक्षेप र ऋण) जति सस्तो भयो उत्पादनको लागत घट्दा सामान त्यति नै सस्तो हुन्छ । निक्षेपको ब्याजदर बढी भएमा व्यक्तिको उद्यमशीलता र व्यावसायिक गतिविधिमा पनि कमी हुन्छ । नेपाल बैंक स्थापना गर्ने कानूनको प्रस्तावनाको ‘आर्थिक उन्नतिलाई बाधा र जनतालाई बेसुबिस्ता भइरहेको हुँदा’ भन्ने वाक्यांशले ऋणको महत्वलाइ दर्शाउँछ । ब्याजदर र शेयरबजार ब्याजदरले शेयरबजारलाई सकारात्मक वा नकरात्मक कस्तो प्रभाव पार्छ भन्ने विभिन्न अवधारणा छन् । सिद्धान्ततः ब्याजदरले नकारात्मक प्रभाव पारे पनि व्यवहारतः पार्दैन भन्ने पनि छन् । यस्तो तर्क पछाडिको कारणमा ब्याज जति बढे पनि त्यसको प्राप्ति १ वर्ष वा निश्चित अवधि पूरा नभई हुन्न र शेयरबजारमा मूल्यान्तरले ब्याजभन्दा बढी लाभ प्राप्त गर्ने कुनै निश्चित अवधि नहुनाले ब्याज बढ्दैमा आत्तिनु पर्दैन भन्ने फरक मान्यता राख्छन् । एक किसिमले यो तर्कलाई अस्वीकार गर्न पनि सकिँदैन । तर, कारोबार नगरी लगानी गर्नेको पाटोबाट हेर्दा भने ब्याजदर वृद्धिले कम्पनीको लागत बढ्दा नाफाको अंकमा कमि आउँदा प्राप्त हुने लाभांशमा प्रभाव पार्छ । यस पाटोबाट भने शेयरबजारलाई ब्याजदर वृद्धिले नकारात्मक प्रभाव पार्छ । त्यसैले ब्याजदर र शेयर मूल्यको सम्बन्धविपरीत हुन्छ । नेपालको सन्दर्भ माथिका विभिन्न अनुच्छेदमा ब्याजको शास्त्रीय पाटो, ब्याज तथा अर्थतन्त्र र ब्याज तथा शेयरबजारका बारेमा संक्षिप्त चर्चा गरियो । सिद्धान्तत ब्याज बढ्नु कुनै पनि पक्षबाट सकारात्मक कुरो होइन । ब्याजदर वृद्धिले ब्याजमा लगाएर खानेलाई बाहेक समग्र क्षेत्रलाई नकारात्मक प्रभाव पार्छ । नेपालको सन्दर्भमा ब्याजदर वृद्धिले शेयरबजारलाई सकारात्मक प्रभाव पार्छ । नेपालको शेयरबजारमा ऋण लिने कम्पनीभन्दा ऋण दिने कम्पनीको संख्या बढी छ । सूचीकृत कम्पनीमा अहिले पनि बैंकिङको संख्या अधिक छ । बैंकपछिको अर्को क्षेत्र बीमा भएको हुँदा बैंकले ब्याज बढाउँदा त्यसको फाइदा बीमा कम्पनीले पनि निक्षेप राखेर बढी ब्याज प्राप्त गर्दा त्यसको लाभ शेयरधनीले पाउँछन् । नेपालको शेयरबजारमा उत्पादनमूलक कम्पनीको सूचीकरण नाम मात्रको भएकाले ब्याजदर वृद्धिले शेयरधनीलाई केही फरक पर्दैन । उत्पादन क्षेत्रको भए पनि सूचीकृत जलविद्युत् कम्पनीलाई पनि ताŒिवक फरक पर्दैन । जलविद्युत् कम्पनीका क्रेता र विद्युत् विक्री दर निश्चित भएको हुँदा निर्माणमा हुने ढिलाइले पार्ने प्रभावबाहेक वित्तीय खर्चमा हुने सामान्य वृद्धिले उत्पादन लागतमा वृद्धि हुँदैन । त्यसैले अन्यत्र ब्याजदर वृद्धिले शेयरबजारलाई नकारात्मक प्रभाव पारे पनि तत्कालीन अवस्थामा नेपालको शेयरबजारलाई नकारात्मक प्रभाव पार्दैन बरु सकारात्मक प्रभाव पार्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

सम्बन्धित सामग्री

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका […]

घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि […] The post घट्यो ब्याजदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको ब्याजदर घट्यो

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। […]

घट्यो बैंकको ब्याजदर

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।

माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

बैंकहरुले ब्याजदर घटाउने

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो ।  योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ ।यसअघि संस्थागत र व्यक्तिगत दुबैम

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

ब्याजदर निर्धारणमा नयाँ गाइडलाइन

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतसम्मले घटाउन पनि पाउने भएका छन् ।यसअघि बैंकहरूले आफ्नै ब्याजदरको आधारमा मासिक १० प्रतिशतसम्मको दरले ब्याजदर थपघट पाउने थिए । तर, अब भने आफ्नो वर्गका बैंकहरूको औसत ब्याजदर आधारमा मात्रा नयाँ ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।राष्ट्र बैंकले आइतवार क, ख र ग वर्गका बैंकहरू लागि एकीकृत निर्देशन जारी गर्दै यस

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।हाल बैंक तथा वित्ति