काठमाडौं : काठमाडौं नयाँ बसपार्क मित्रनगरको एक होटलमा एक महिला सामूहिक बलात्कारको शिकार भइन्। ३४ वर्षकी ती महिलालाई नौ जना युवाले सोमबार होटलमा बन्धक बनाएका थिए। बन्धक बनाएर उनीहरु सबैले आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीमा उजूरी दिएपछि घटना बाहिर आएको हो।महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले पीडित महिला प्रहरीमा आउँदा शारिरिक र मानसिक स्थितिले ज्यादै नाजुक अवस्थामा आएको बताए। 'उहाँले सुरुमा जाहेरी दिने क्रममा यति धेरै मानसिक रुपमा विक्षिप्त हुनुहुन