रातोपाटी ब्रिफिङ : नारायणकाजीलगायतका असन्तुष्ट नेतालाई फकाउने प्रचण्डको प्रयास

आज मिति २०७८ साल फागुन महिनाको २० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ । १. माओवादी केन्द्रीय समितिको बैठकनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पारित भएसँगै सत्ता गठबन्धनपनि चुनावसम्मै जाने निश्चित भएको बताए । उनले एमसीसी पारित गर्नुपर्न