उपत्यकामा घट्दै संक्रमित, अस्पतालमा खाली हुँदै बेड

कोरोनाभाइरस कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्यामा कमि आएसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड खाली हुन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका विभिन्न सरकार र निजी अस्पतालहरुमा जेनेरल–एचडीयू, आइसीयू र भेन्टिलेटर बेड खाली हुन थालेको हो ।

सम्बन्धित सामग्री

उपत्यकामा संक्रमित घट्दै, अस्पतालमा खाली हुँदै आईसीयू र शैया

अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या घटेसँगै राजधानीमा कोरोना संक्रमितको उपचार गरीरहेको मुख्य सरकारी अस्पतालमा शैया खाली हुन थालेको छ । टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन सहितका शैया तथा आइसीयू पनि खाली भएका छन् । त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा.रामविक्रम अधिकारीका अनुसार विगत तीन दिनदेखि अस्पतालको आकश्मिक कक्षामा आएका कुनै विरामी फिर्ता पनि नगरिएको र भर्नाका लागि नपर्खाइएको बताउनुभयो ।