भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च नागरिक पुरस्कार 'नगाडाग पेल गी खोर्लो'बाट सम्मानित भएका छन् । भुटानको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भुटानले यस्तो सम्मान प्रदान गरेको हो ।
काठमाडौं : हिन्दी भाषाका चर्चित साहित्यकार डाक्टर नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शनिबार साँझ उनको ८१ वर्षको उमेरमा मृत्यु भएको हो।कोहली कोरोना संक्रमित भएपछि दिल्लीको एक अस्पतालमा उपचाररत थिए। उनका न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्मलगायतका चर्चित कृतिहरू छन्। उनलाई सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो।कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी