सुर्खेत : सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै राजकुमार शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको छ।१३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि कर्णाली सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको हो। पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो। शर्मा गत मंसिर ४ गत सम्पन्न प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिम (१) बाट निर्वाचित भएका हुन्।