काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८४ हजार पुगेको छ। अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ।