काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज उनले पदबहाली गरेकी हुन् । मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे । कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा […]