बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।