ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध तीर्थ स्थल पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । वार्षिक हजारौंको संख्यामा तीर्थयात्री जाने गरेको पाथीभरामा पर्याप्त पानी छैन । केवल आफ्नो शरीर मात्रै पुर्याउन त हम्मे हम्मे पर्ने पाथीभरामा तीर्थयात्री स्वयंले पानी बोकेर लानु पर्ने बाध्यता छ ।
यसरी हजारौंको संख्यामा आउने तीर्थ यात्रीलाई हिँडेका बेला सुकेको मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजा आराधनाको लागि अक्षता भिजाउन तथा जल चढाउनका लागि पनि पानी चाहिन्छ । त्यस्तै पूजा सामग्रीका लागि पनि जलका रुपमा पानी त च...