काठमाडौं : काठमाडौंमा जारी नवौँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। मधेश प्रदेशविरुद्ध सोमबार टियू मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले ६ विकेटको जित हासिल गरेको हो।मूलपानी मैदानमा हुने तय भएको प्रदेश १ र एनआरएनएबीचको खेल भने रद्द भएको छ।टस हारेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य १९।१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। आर्मीका लागि कप्तान विनोद भण्डा