ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ। चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन्।