राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भएको भन्ने चर्चा चलेको भन्दै सांसद गौतमले त्यसो नगर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।