होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औँ संस्करणको भाइटीका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा यो महोत्सव आयोजना गरिने भएको छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड–१९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने