बाथरोगसम्बन्धी अल्का अस्पतालको ९ दिने नि:शुल्क शिविर

काठमाडौं : अल्का अस्पतालले बाथरोगसम्बन्धी नौ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको हो।शिविरमा स्वास्थ्य जाँच मात्र नभई स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोगसम्बन्धी ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ।अस्पतालका