जेठ ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका १ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामासमेत जम्मा नगरेको अख्तियारको आरोप छ ।
अध्यक्ष बस्नेतले कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको, समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरेको अख्तियारले बताएको छ ।
बस्नेतलाई दुई लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।