नेपालको भू राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन ।नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारी लगायतले सम्वोधन गर्नेछन् । नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंका बढिरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।