विदुर नगरपालिकामा ३५८ मतान्तरले लिड गर्दै प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकामा उप मेयरका उम्मेदवार प्रभा बोगटीले फराकिलो मतान्तरले लिड गरिरहेकी छिन् । संयुक्त बाम–प्रजातान्त्रिक गठबन्धनका साझा उम्मेदवार बोगटीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका नेपाललाई ३५८ मतले पछि पारेकी हुन् ।हालसम्म नगरपालिकाको १,२,३,५,६,७ र ८ नम्बर वडाको मतगणना हुँदै गर्दा बोगटीले ४८१४ मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपालले ४४५६ मत प्राप्त गरेकी छिन् ।  यता मेयरका उम्मेदवार नेपाली काँग्रेसका राजनलाल श्रेष्ठले करिब २ हजार मतान्तरले

सम्बन्धित सामग्री

विदुर नगरपालिका : मेयरमा गठबन्धनबाट काँग्रेसको अग्रता, उपमेयरमा माओवादी पछि

विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् ।विदुर नगरपालिकामा २४२३ मत गणना भएको छ । जसमा वडा नम्बरमा १ को ९०८ मत, वडा नम्बर २ को १०१५ मत र वडा नम्बर ३ को ५०० मत गणना भएको छ।मेयरमाकाँग्रेसका राजन श्रेष्ठ ११७२एमालेका सञ्जु पण्डित ९०८उप–मेयरमाएमालेकी अम्बिका नेपाल ८१९माओवादी केन्द्रकी प्रभा बोगटी ७९७

नुवाकोटको विदुर नगरपालिकाको उपमेयर उम्मेदवारमा प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ