विद्युत ग्रीड आधुनिकिकरण गर्न एडीबीले नेपाललाई साढे १५ करोड सहुलियतपूर्ण ऋण प्रदान गर्ने

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि १५ करोड ६० लाख रुपैयाँ सहयोग गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच आज सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ। अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताउनुभयो । आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ ।