काठमाडौं : काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।‘अझै कोरोना जोखिम छ, ’ उनले थाहाखबरसँग भने, ‘संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज