बैतडीमा मतपेटिका ढुवानीमा समस्या

बैतडी । बैतडीमा आइतबार सम्पन्न भएकाे प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनकाे मगतणना अहिलेसम्म हुन सकेको छैन । जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाई भएपछि अहिलेसम्म मतगणना कार्य हुन नसकेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज साेमबार बिहान मात्रै बैतडीकाे सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलाई भएको हो । साेमबार […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा मंगलबार दिउँसोदेखि मतगणना सुरु हुने

सोलुखुम्बु – सोलुखुम्बुमा मंगलबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतपेटिका ढुवानीमा समस्या हुँदा मतगणना ढिलो भएको हो । सोलुखुम्बुको आठ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट आज मतपत्र सल्लेरी आइपुगेको हो । खुम्बु पासाङ ल्हामुबाट ३६ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रारम्भिक मतगणनामा ठूला पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कडा टक्कर दिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा काँग्रेसको अग्रता लिएको छ। मुस्ताङमा कांग्रेसले क्लिन स्विप गरेको छ। स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेले माग गरेको छ। हावाहुरीका कारण उपल्लो डोल्पाका मतपेटिका ढुवानीमा समस्या भएको छ। राष्ट्र बैंकले १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज गरिदिएको छ।

बैतडीमा मतगणना हुन सकेन, ढुवानीमा समस्या

बैतडी : जिल्लामा अझै अहिलेसम्म मगतणना हुन सकेको छैन।  जिल्लाको सिगास गाउँपालिकाका मतपेटिका ढुवानीमा ढिलाइ भएपछि अहिलेसम्म मतगणना कार्य सुरु हुन नसकेको हो।  मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार सिगासका मतपेटिका ढुवानी आज बिहान मात्रै सदरमुकाम पुगेकाले मतगणना कार्यमा ढिलो भएको हो। उनले भने, ‘आज बिहानमात्रै मतपेटिका ढुवानी सम्पन्न भएको छ’, उनले भने, ‘११ बजे सर्वदलीय बैठक बोलाइएको छ। त्यसपछि मतगणनाको समय तोकिनेछ।’बैतडीमा मतगणनाका लागि एक मात्र स्थान तोक

सोलुखुम्बुमा उच्च ठाउँकाे मतपेटिका ढुवानीमा समस्या

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को माथिल्लो क्षेत्रको मतपेटिका ढुवानीमा समस्या भएकाे छ । अत्यधिक चिसोका कारण मतपेटिका फुट्ने र मतपेटिकामा प्रयोग गरिएको सिल आफैँ भाँचिने सम्भावना रहेको मतदान अधिकृतले बताएका छन्।  जिल्लाको सबैभन्दा अग्लो ठाउँ ४ हजार मिटर उचाइको मतदान स्थलकाे मतपेटिका सिल गर्ने क्रममा चिसोले भाँचिने समस्या भएपछि केही समय तातो पानीमा डुबाएर सिल गरिएको थियो। तर ढुवानीको क्रममा ती सिलहरु भाँचिन सक्ने भएकाले ढुवानीमा समस्या भएकाे निर्वाचन अधिकृत ...