धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा बिहीबार उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजकसमेत रहेका उनले सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन्।उनले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए। ‘म प्रण गर्छु, मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरबाट एक रूपैयाँ पन