पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।
भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपियाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपियाँ बढेर ३७० रुपियाँ पुगेको छ ।
यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २...