बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा १ लाख ५० हजारभन्दा बढीले मतदान गर्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालका अनुसार १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन्।गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८ हजार ६०६ मतदाता रहेका थिए। त्यसपश्चात गएको असार १ गते शुरु भएको फोटोसहितको मतदाता नामावलीमा अन्य मतदाता थपिएका हुन्।जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी ३ स्थानमा नामा