प्याराग्लाइडिङ वल्र्डकप आजबाट

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप आज (आइतबार) बाट सुरु हुँदै छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु-याउने र पाइलटको आन्तरिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ वल्र्डकप प्याराग्लाइडिङ गर्न लागिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ वल्र्डकप एसियन टुर–२०२० र नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप गर्न लागिएको गर्न संस्थामा अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, “प्रतियोगिताले नेपालमा पर्यटन विकासमा टेवा पुग्ने र नेपालको प्रचार–प्रसार हुने हुँदा प्याराग्लाडिङको १९ औं संस्करण गर्न लागिएको बताए ।”

सम्बन्धित सामग्री

एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा आइतबारदेखि एसियन टूर प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङको सहयोगमामा भएको सो प्रतियोगितामा २० देशका ९० जना प्रतियोगीले भाग लिएका छन् । विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेशनल (एफएआई) बाट मान्यताप्राप्त पाइलटले मात्र सो प्रतियोगितामा भाग लिएका हुन् । आयोजक संस्था …

पोखरामा प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको वल्र्डकप एसियन टुर हुने

पोखरामा सहासिक खेल प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको उच्च लेवलको ‘वल्र्डकप एसियन टुर’ हुने भएको छ । प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था एफएआई र प्याराग्लाइडिङ वल्र्डकप कमिटीले नेपालको पोखरामा उक्त वल्र्डकप एसियन टुर आयोजना गर्न मान्यता दिएसँगै पोखरामा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको नेपाली टिमका पूर्व कप्तान विमल अधिकारीले बताए ।

प्याराग्लाइडिङ वल्र्डकपमा कोरियाको वर्चश्व

कोरियाले प्रथम नेपाल प्याराग्लाईडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वल्र्डकप–२०१८ को उपाधि जितेको छ । तीन दिनको खेलमा कोरियाले ६ राउन्ड पूरा गर्दा १२ अंकसहित उपाधि जित्न सफल भएको हो ।