नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच वटा प्रश्न उठाएको छ । देउवा नेतृत्वको गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ ।काठमाडौंको बत्तिसपुतलीमा बसेको उक्त समूहको बैठकले सरकारले जनजीविकाका मुद्दालाई सम्बोधन गर्न र जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको हो । काँग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बता