‘रेड केन’ को अधोगति र बालेनहरूको उदय

घटनाक्रमको सुरुवात गरौं, केन लिभिङस्टोनको प्रसंगबाट। ‘रेड केन’का नामले चिनिने उनी सन् १९८७ देखि २००१ सम्म बेलायतका निर्वाचित सांसद हुन्। १९७३ देखि १९८६ सम्म लण्डनका विभिन्न काउन्सिलहरूबाट निर्चाचित काउन्सिलर रहेका उनी ग्रेटर लण्डन काउन्सिलका नेता पनि हुन्। उनी लेबर पार्टीभित्रका समाजवादी धारमा अगुवा निवर्तमान लेबर नेता जेरेमी कोर्बिनका खास सहयोगी पनि रहे। वाम रुझानका उनै […]