बाँकेको चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा

बाँके । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका–८ चाँदनीचोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको संस्थाले बताएको छ । शनिवार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको उद्घाटन गरे । सहकारीले सञ्चालनमा ल्याएको गार्डेन मार्टको यो १६औं शाखा हो । मार्टको शुभारम्भ गर्दै महासंघका केन्द्रीय सदस्य अधिकारीले यस्ता मार्टले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने बताए । साथै नागरिकलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायत सामग्री किनमेल गर्ने अवसर मिल्ने उनको भनाइ थियो । यसअघि सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर लगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा उक्त मार्टका शाखा सञ्चालनमा ल्याएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार सो मार्टमा दैनिक उपभोग्य वस्तुहरू चामल, चिनी, दाल लगायतका साथै सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध हुनेछन् ।