कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशसभा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिएका छन् । सभामुख शाहीले कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको सातौँदेखि नवौँ बैठकका क्रममा प्रदेशसभामा सामान्य छलफलका लागि प्रस्तुत भएका पाँचवटै विधेयकमाथिको सामान्य छलफल समाप्त भएपछि कर्णाली प्रदेशसभा नियमावली, २०७४ को परिच्छेद १५, व्यवस्थापन कार्यविधिको नियम ९ को उपनियम १ अनुसार संशोधनको सूचना पेश गर्न प्रदेशसभा सदस्यलाई ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जान