रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐत