केही राजनीतिक दल, नेता, लेखक, चिन्तक, विद्वान् र अन्य केही मानिस हाकाहाकी भन्छन्— ‘हाम्रो संविधानमा लेखिएको ‘समाजवाद’ र ‘समाजवादी हौं’ भन्ने राजनीतिक विचार नै समस्याको जड हो ।’ केही सय वर्ष शासनमा रहेको पुँजीवादले समानता, स्वतन्त्रता र भ्रातृत्व दिन्छु भनेर गरेको कबोल दिनप्रतिदिन झूटो भएको लाखौं प्रमाण हाम्रासामु छन् ।