पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालतको आदेश

पोखरा । पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारी संयुक्त इजालाशले क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी तत्काल काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटीबाट सभापति उम्मेदवार बनेकी अनुष्ठा चापागाईले […]