ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी- उपेन्द्र यादव
'पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं,' यादवले भने।
काठमाण्डौ ११, भाद्र । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन । जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे । यादवले भने, ‘पञ्च […]