धरानकी बिनु विश्वकर्मालाई सुरुमा हात सुनिन्ने र घाउ आउने भयो । बाआमाले जाँच गराउन नजिकैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । उनी त्यतिबेला १३ वर्षकी थिइन् । ‘बच्चाको वार्डमा राखेर उपचार गरायो, बच्चाकै औषधि खुवाएको थियो,’ हाल २१ वर्षीया बिनुले फोनमा सुनाइन्, ‘निको हुनु त कहाँकहाँ उल्टै कपाल झर्ने, घाउहरू बढ्ने भयो ।’ यसपछि छालासम्बन्धीको रोग हुन सक्ने आशंकाले फेरि जाँच भयो ।