१४ भदौं, रौतहट । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका-३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी […]
काठमाडौं : रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन्। अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिए।
काठमाडौं : झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ। गत वैशाख १ देखि हिजोसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक छ। एक जना वेपत्ता छन्। सबै भन्दाबढी ३८ जनाको चट्याङ्ग लागेर मृत्यु भएको छ। त्यस्तै बाढी र पहिरोमा परि १३, हावाहुरीबाट ८ तथा भारी वर्षाका कारण ३ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार आगलागीका घटनामा १९ जनाको मृत्यु भएको छ। त्यस्तै जनावरको आक्रमणबाट
कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा कामगर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताउनुभएकाे छ […]
पछिल्लो २४ घण्टामा आगलागी र चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरको राकसिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थानका २ जना घाइते भएका छन् ।उता झापा गौरादह नगरपालिका ५ की ४० वर्षीय एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । त्यस्तै मोरङको केराबारी गाँउपालिका ४ मा आगलागीमा परेर ४१ वर्षीय एक महिलाको मृत्यु भएको प्राधिकरणले जनाएको
वीरगंज : मंगलबार बिहान पानीसँगै परेको चट्याङले पर्सामा ३ जनाको मृत्यु भएको छ। चट्याङले १ जना गम्भीर र तीन जना सामान्य घाइते भएका छन्। चट्याङ लागेर पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुईजना र जीराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो।
पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर…
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु्सार चट्याङ लागेर मोरङमा दुईजनाको मृत्यु र ४ जना घाइते, बाराको जितपुरसिमरा उपमहानगरपालिकामा एक जनाको मृत्यु र दुई जना घाइते र प्युठानमा चारजना घाइते भएका छन्। चट्याङ लागेर यो वर्ष २५ जनाको मृत्यु भइसकेको छ।
बुटवल: दिउँसो परेको पानीसँगै आएको चट्याङ लागेर रूपन्देहीमा तीन छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ ।
मंगलबार मृत्यु हुनेमा सैनामैना ७ आमीका ६२ वर्षीय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका २ बसन्त फुलबारीका ६० बर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका ७ वर्गदैयाका २५ वर्षीय भगवानदास लोध रहे...