ब्ल्याक फंगसको औषधि बनाएको बाबा रामदेवको घोषणा

भारतका योगगुरु बाबा रामदेवले ब्ल्याक फंगसको आयुर्वेदिक औषधि तयार पारेको घोषणा गरेका छन् ।    पतञ्जलि रिसर्च सेन्टरले तयार पारेको औषधि बजारमा उपलब्ध गराउनका लागि आवश्यक औपचारिकताहरू पूरा गरिन लागेको जानकारी पनि उनले दिए ।  अनि ह्वाइट र येलो फंगसको औषधिमा पनि अनुसन्धान जारी रहेको उनले बताए ।  कोरोनाभाइरसको संक्रमणसँगै ब्ल्याक फंगस पनि भारतमा बढिरहेकाले औषधि बनाउन आफूहरू लागिपरेको उनको भनाइ छ ।    पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णको दिशानिर्देशनमा पतञ्जलि रिसर्च स...