महानगरभित्रका अवैध संरचना हटाउन मेरो पूर्ण साथ छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक रहेको बताएकी छन् । उनले आज सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना तथा निर्माण कार्य तथा...