नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझाले आफू स्ट्रेसका कारण बेहोस भएको प्रहरीलाई बयान दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझा निगमकै अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा बेहोस भएका थिए । अध्यक्षको कार्यकक्षमा पुगेको समयमा एक्कासि चक्कर आएर आफू बेहोस भएको होसमा आउँदा आफू अस्पतालमा रहेको थाहा भएको उनले प्रहरीसामु बयान दिएका छन् । सोमबार नै प्रहरी वृत्त सिंहदरबारका प्रहरीसामु दिएको बयानमा आफूलाई कसैले ह्यारेसमेण्ट नगरेको र कुटपिट नगरेको बयान दिएका हुन् । तर सोमबार