नेपालगञ्जमा घन्कियो ‘राजा आउ देश बचाउ'को नारा

‘राजा आउ देश बचाउ’ भन्दै नेपालगञ्जमा मंगलबार हिन्दुवादीहरुले शक्ति प्रदर्शन गरेका छन् । ‘धर्म साझा, देश साझा, राजा साझा’ भन्ने नाराका साथ हिन्दुवादीहरुले नेपालगञ्जमा मोटरसाइकल र कार र्‍याली निकालेका हुन् ।