काठमाडाैं : इन्डियन प्रिमियर लिग आइपिएलमा पञ्जाब किंगस्ले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले बैंग्लोरविरुद्ध ५४ रनको जित निकालेको हो।पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो। बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाए। कप्तान विराट कोहली २० रनमा आउट भए। पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ ग