काठमाडौँ–नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दलीय सहमतिको आधारमा राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन गर्न कांग्रेससँग प्रतिवद्धता जनाएको बताएका छन्। देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले काँग्रेससँग नै प्रतिवद्धता जनाएका महतको भनाई छ। विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन […]