चैत १, काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि - ओपन सेसनमा नेप्से परिसूचक ५ दशलमव ४३ अंक बढेको छ ।
यो दिन उक्त अवधिमा प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ६७३ दशलमव ५५ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका १८ ओटा धितोपत्र रू. १ करोड ३ लाखमा खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार(नेपाल टेलिकम) को भएको छ ।
उक्त कम्पनीको रू. ९३ लाख ९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
उता साताको दोस्रो कारोबार दिन सोमवार भने प्राविधिक समस्याका कारण शेयर कारोबार प्रभावित बनेको थियो ।
ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आउँदा सोमवार दुई घण्टापनि नवित्दै कारोबार स्थगित भएको थियो। १२ बजेर ५३ मिनेट जाँदा डाटा सेन्टरमा समस्या आएको जानकारी ब्रोकरहरुले गराएपछि नेप्सेले कारोबार रोक्का गरेको जानकारी दिएको थियो ।
उक्त कारोबार दिन एक घण्टा ५३ मिनेटको कारोबार अवधिमा २२० ओटा कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर १८ हजार ५९७ पटकमा रू.१ अर्ब ३४ करोड २२ लाख ३२ हजारमा खरीदविक्री भएको थियो ।