एमाले निकट मजदुरलाई कामबाट निकाल्ने उद्योगीसँग बसेर केपी ओलीले खाए मिष्ठान्न भोजन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्योग संगठन मोरङका अध्यक्ष पवन सारडासँगै बसेर रात्रिभोज खाएका छन् । अध्यक्ष सारडा ति विवादीत उद्योगी हुन्...

सम्बन्धित सामग्री

नेपाल-खनाल समूहले बोलायो राष्ट्रिय भेला, ओलीसँगको एकता टुटेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल-झलनाथ खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीसँगको एकता टुटेको समाप्त भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा भएको नेता नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीले पार्टीमा एकलौटी गरेको भन्दै राष्ट्रिय भेला गरेर निष्कर्ष निकाल्ने जनाएको छ । बैठकमा सहभागी नेता वेदुराम भुसालका अनुसार पार्टी अध्यक्ष केपी ओली एकलौटी ढंगले अघि बढेको र एमालेमा फुट ल्याएको निष्कर्षसहित त्यसको प्रतिकार गर्ने निष्कर्ष निकालिएको छ । नेता भुसालले चैत ४ गते विशेष राष्ट्रिय भेला बोलाउने र त्यसले नेतृत्व चयनलगायत समानान्तर कमिटि बनाएर जाने निर्णय भएको जानकारी दिनुभयो । शुक्रबार पार्टी अध्यक्ष केपी ओली समूहले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बसेर पूर्वमाओवादी पृष्ठमूमिका २३ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै नेताहरुको जिम्मेवारीमा ब्यापक हेरफेर तथा आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टीमा ओलीको स्पष्ट बहुमत छ । ओली समूहले गरेको निर्णयले पार्टी एकता भंग गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । ‘ओलीले सत्ताको दुरुपयोग त गर्नुभएकै छ । सत्ताको दुरुपयोग गर्ने अवसरलाई प्रयोग गरेर मैले जे गर्छु त्यो गराएरै छोड्छु भन्ने त्यस्तो दुर्विचार बोकेर हिँड्नुभएको छ’ गौतमले सञ्चारकर्मीसँग भन्नुभयो, ‘केपी ‌ओलीसँगको एकता त समाप्तै भयो । अब हामीले अरु पार्टीहरूको बीचमा एकताको प्रयास गर्छौं ।’ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेकपा अदालतको आदेशसँगै खारेज भएर एमाले तथा माओवादी ब्युँतिएका छन् । नेकपाभित्रको चरम शक्ति संघर्षमा ओलीविरुद्ध नेपाल–खनालले प्रचण्डलाई साथ दिएका थिए । पूर्वपार्टी ब्युँतिएपछि प्रचण्डलाई छोडेर एमालेमै फर्किने निष्कर्ष निकालेको नेपाल समूह ओलीले एकलौटी निर्णय गरेपछि समानान्तर कमिटी बनाउने निर्णयमा पुगेको हो ।