एमाले महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया विहानसम्म स्थगित, रावलले मनोनयन दर्ता गर्न पाएनन्

सौराहा, १३ मंसिर :  नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया भोलि (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आजै पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन– पदाधिकारीमा मात्र चुनाव गराउने कसरत, मतदानको समय धकेलियो

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई घण्टा बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ । ३०१ सदस्य निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटीका लागि ३३१ जनाले मनोनयन दर्ता गराएकोमा केहीले फिर्ता लिएका छन् । […]

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा

काठमाडौँ – नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ । नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्। एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष […]

मोरङबाट ५७ एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

मोरङ – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार २५ गतेबाट सुरु भएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सहमतिबाटै टुङ्गिएको जानकारी दिए। कार्तिक २५ गते मनोनयन दर्ता गराउनेदेखि आइतबारसम्म मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल ५७ जना महाधिवेशन प्रतिनिधि छनोट भएको […]