जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम

लमजुङ जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बापत करिब एक करोड रुपैयाँ भुक्तानी नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको उपचार गरेबापत ९८ लाख चार हजार दुई सय ५३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।गत आर्थिक वर्षको जेठ महिनाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा नौ हजार सात सय ७६ जनाले जिल्ला अस्पतालमा उपचार सेवा लिएका हुन् । स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा एक करोड ४२ लाख ४० हजार तीन सय ४९ रुपैयाँ खर्च भएको अस्पतालले जनाएक