काठमाडौं : आरिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपछि नेपालले पपुवा न्यूगिनी (पिएनजी)विरुद्ध ७ विकेटको सानदार जित हात पारेको छ। आइसिसी विश्व क्रिकेट लिग टू अन्तर्गत पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका कुशल भुर्तेलले ५० रन बनाए। आरिफ शेख ५९ र रोहित पौडेल ४४ रनमा अविजित रहँदा आसिफ शेखले २ र दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ य ७३ रन बनाएको थियो।पि