धनकुटामा एमालेको किल्ला भत्काउँदै काँग्रेस : दुईमा जीत, दुईमा अग्रता

नेकपा एमालेको किल्ला मानिएको धनकुटामा नेपाली काँग्रेसले धावा बोलेको छ । ०७४ को निर्वाचनमा धनकुटा क्लिन स्वीप पारेको एमालेले अहिलेसम्म दुई वटा पालिका गुमाइसकेको छ । सात वटा पालिका भएको धनकुटामा ०७४ मा निल भएको काँग्रेस धनकुटामा उदाएको अवस्था छ ।उसले दुई वटा पालिकाको जितेको छ भने दुईमा अग्रता बनाएको छ । एमालेले एउटामा जितेको छ भने एउटा मात्र अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा भने निर्वाचन हुन बाँकी छ । विगतमा राम्रो अवस्थामा रहेको राप्रपाको पनि यस पटक बिजोग देखिएको छ । सूर्यबहादुर थापाका