‘मेरा पिताले जीवनको अन्तिम साससम्म आफ्नी छोरी, ज्वाईं र अबोध नातिनीलाई याद गरिरहे । जीवनभरी उनले हिमालयका पहाडदेखि अफगानिस्तान र भारतसँग जोडिएका पाकिस्तानको सीमावर्ती इलाकासम्म उक्त विमानको भग्नावशेष खोज्ने असफल प्रयास गरे, जसमा ती (उनकी छोरी, ज्वाईं र नातिनी) सवार थिए । गिलगितमा बस्ने शाहिद इकबाललाई जब पीआईएको त्यो उडान, फ्लाइट नम्बर ४०४, बारे सोधियो तब उनले यसको जवाफ यसरी दिए । २५ अगस्ट सन् १९८९ बिहान करिब साढे सात बजे गिलगितबाट इस्लामाबाद जाँदै गरेको पाकिस्तान अन्तर्राष्ट्रिय