कांग्रेस सुनसरी २ ‘ख’ बाट समानुपातिकमा डा. बालकृष्ण साह सिफारिस

विराटनगर । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर २ ‘ख’ बाट समानुपातिकतर्फ डा. बालकृष्ण साहलाई सिफारिस गरेको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. साह सामाजिक कार्यमा पनि सक्रिय छन् ।  विद्यार्थीकालमा नेपाल विद्यार्थी संघ संघमा सक्रिय रहेका डा. साह ०६२/०६३ को जनआन्दोलनमा पनि सक्रिय भएर लागेका थिए । जनआन्दोलनका क्रममा उनी घाइते भएका थिए...